Madhes Khabar
समाज हेडलाइन

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

वीरगन्ज ,४ चैत : पर्साकाे ठाेरअं गाउँपालिका ३ ब्रम्हनगर घर भइ हाल जापान बस्दै आएका नेपाल- जापान एनआरएनका युवा संयोजक राकेश लामाले आफ्नो जन्मदिनको अवसरमा ठोरीको सिकारीबास पुलमा राष्ट्रिय झण्डा फहराएका छ्न् ।

जन्मदिनमा सामान्यतया फजुल खर्च गर्ने युवा जमात बढिरहंदा लामाले भने समाजसेवा गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । राष्ट्रिय झण्डाका साथै उनले ठोरीका विद्यालयहरुलाई २५ थान पंखा सहयोग गरेका छ्न् ।

यसका साथै ठोरीको हुलाकी सडकमा पर्ने जंगलमा राख्नको लागि २५ वटा रोड लाइट समेत उनले सहयाेग गरेका छन् । त्यस्तै अत्याधिक सवारी दुर्घटना भइरहेको सिकारीबास पुल नजिकै “अति दुर्घटना ग्रस्त क्षेत्र” लेखिएको सन्देशमूलक बोर्ड समेत उनले निर्माण गरिदिएका छ्न् ।

सिकारीबास पुलमा शनिबार आयोजित कार्यक्रमा लामाका बुबा राजेश लामाले ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई ती सामाग्री स्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले राकेश लामाबाट युवाहरूले धेरै कुरा सिक्नुपर्ने बताए । विदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति राकेशले देखाएको माया र सहयोगलाई गाउँपालिकाले संधै सम्मान गर्दै अघि बढ्ने उनले बताए ।

Related posts

वीरगंज–३० मा जसपा नेता मनोज साह सहित १०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

पर्सा–बाराका किसानको धान पुष १० गतेपछि खरिद गर्ने सरकारी निकायको तयारी

MadhesKhabar

चिकित्सक संघको उपाध्यक्षमा वीरगन्जका डा. उदयनारायण सिंहको उम्मेदवारी

MadhesKhabar

Leave a Comment