Madhes Khabar
स्वास्थ्य हेडलाइन

चिकित्सक संघको उपाध्यक्षमा वीरगन्जका डा. उदयनारायण सिंहको उम्मेदवारी

वीरगन्ज,२ पुसः नेपाल चिकित्सक संघको उपाध्यक्ष (मधेस प्रदेश) मा वीरगन्जका बरिष्ठ चिकित्सक उदयनारायण सिंहले उम्मेदवारी दिएका छन् ।

चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुनेछ ।चिकित्सक संघको ३० औं कार्यकारिणी समितिका लागि देशभरका चिकित्सकहरू चुनावी मैदानमा छन् ।

आगामी केन्द्रीय निर्वाचनका लागि प्रगतिशील विचारधारमा आस्था राख्ने डा. मंगल रावलको नेतृत्वको समुह पूर्ण प्यानलसहित बुधबार उम्मेदवारी दर्ता गरेको छ ।त्यहि प्यानलबाट वीरगन्जका बरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले उपाध्यक्ष (मधेस प्रदेश) मा उम्मेदवारी दिएका हुन् ।

को हुन् डा. उदयनारायण सिंह ?
वीरगन्जको नारायणी अस्पतालका सूचना अधिकारीसमेत रहेका डा. सिंह लामो समयदेखि नारायणी अस्पतालमै कार्यरत छन् ।
कोरोना महामारीका बेला अक्रान्त वीरगन्जमा अग्रपंक्तीमा रहेका कोभिडका बिरामीहरुको उपचारमा खटिएका डा. सिंहले धेरै जनाको ज्यान जोगाए ।नारायणी अस्पतालको आकस्मिक विभागको स्तरोन्नति होस या सर्पदंशका घाइते उपचारको व्यवस्थापनमा उनको नाम नै अगाडि आउँने गर्छ ।

कोभिड महामारीका बेला नारायणी अस्पतालको कोभिड प्रमुख भएर काम गरे पश्चात् उनी वीरगन्जको स्वास्थ्य क्षेत्रमा थप लोकप्रिय बन्नुका साथै चर्चामा आए । त्यसबेला नेपालकै नम्बर १ मा रहेको अनलाइन पत्रिका अनलाइन खबर डट कमले डा. सिंहलाई कोभिड वारियरका रुपमा घोषितपनि गरेको थियो ।

केहि समयपहिले मात्रै हैजाको महामारीले अक्रान्त बनेको वीरगन्जमा उनि फेरि अग्रपंंक्तिमा रहेर बिरामीहरुको स्वास्थ्य उपचारमा जुटे ।

यसअघि नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सदस्य र महासचिवको जिम्मेवारी सफलतापूर्वक निभाइसकेका डा. सिंहका यसपालि उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका बेलाका चुनावी एजेन्डाहरु यस प्रकार छन् ।

१) थाती राखिएका तलब र सुरक्षा सम्बन्धि कार्यहरुलाइ प्राथमिकता दिदै ,चिकित्सक अधिकार को सुनिश्चितता गर्ने !

२)निजि संस्थामा काम गर्ने चिकित्सकहरुको तलब, सुबिधा र अन्य समस्याहरुको दीर्घकालीन ब्यबस्थापन गर्न पहल गर्ने !

३)तीन दशकदेखि यथास्थितिमा राखिएको दरबन्दीलाई समयानुकुल गर्न र चिकित्सकलाई रोजगारको अवस्था सृजना गर्न सरकार लाई खबरदारी गर्ने !

४)बर्षैदेखी पोस्ट ग्राजुएट गरि ,दरबन्दी अभावमा बढुवाबाट बन्चित चिकित्सकहरुको लागि सरोकारवाला निकायसँग आश्यक पहल गर्ने !

५)सरकारी निकायहरुमा हुने नियुक्तिहरुमा ब्याप्त दलगत प्रबृत्तिको अन्त्य गर्न पहल गर्ने र हाम्रो हैन राम्रो को भाव निर्माण गर्ने !

६)अव्यवहारिक कन्जुमर कोर्टको हालको ब्यवस्थालाइ निरुत्साहित गर्न सरकारसंग निर्णायक वार्ता गर्ने र दबााव दिने !

७)प्रदेशमा रहेका चिकित्सक संघका विभिन्न शाखाहरुबीच समन्वय गरि,सेवा,सुबिधा ,सुरक्षा र शैक्षिक क्रियाकलाप सम्बन्धि वार्षिक कार्यतालिका अनुसार कार्य गर्ने !

Related posts

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

MadhesKhabar

सरकारले बजेट निकासा नगर्दा वीरगन्ज कृषि औजार कारखाना सञ्चालन प्रक्रिया फेरि अन्यौलमा

MadhesKhabar

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

Leave a Comment