Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक भारतीय बृद्धाको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,११ भदौं : पर्सामा एक बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।पर्साको बिन्दवासीनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया बालिकाले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षिया बालिकापनि भारतीय नै रहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षिक मोहनबिक्रम केसीले बताए ।

केसीका अनुसार , आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साकोे प्रसौनी गाँउका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेकेो मोटरसाइकल दुर्घटनामा परेको हो ।गुड्दै गरेको मोटरसाइकलबाट लडेर घाइते भएकी सुदामा देवीको घटटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र मृतक सुदामा देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा आयोजित प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सप्तरी प्रथम

MadhesKhabar

वीरगन्ज मेनरोड विस्तारको मुद्दामा सर्वोच्च अदालतमा पेसी चढेर भयो सुनुवाई, अब के हुन्छ ?

MadhesKhabar

दिपावलीमा झिलिमिली वीरगन्ज (फोटो फिचर)

MadhesKhabar

Leave a Comment