Madhes Khabar
समाज हेडलाइन

वीरगंज–३० मा जसपा नेता मनोज साह सहित १०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश

वीरगंज, २ फागुन: वीरगंज–३० मा जसपा पर्साका नेता मनोज साह कानुसहित करिब १०० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरे। वडा भेला र पार्टी प्रवेश कार्यक्रममा उनीहरूले जसपा परित्याग गरी एमाले रोजेको घोषणा गरे।

नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव, केन्द्रीय तथा जिल्ला नेताहरूले फूलमाला र अविर लगाएर स्वागत गरे। उनीहरूले पर्साको विकास र समृद्धिका लागि दृढ नेतृत्व आवश्यक रहेको भन्दै आगामी दिनमा पार्टीको मजबुती र जनताको हितमा सक्रिय काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला देवकोटा, विजय सरावगी, पर्सा जिल्ला सचिव महेश दास, मानदेव हजरा, सुन्दर कुर्मी लगायतका नेताहरू उपस्थित थिए।

उम्मेदवार प्रदीप यादवले विकास र समृद्धिको सवालमा पछि नहट्ने दाबी गर्दै मतदातालाई नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे।

Related posts

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा मजदुरहरु समस्यामा

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

नारायणी अस्पतालमा एन्टी स्नेक भेनम नहुदाँ सर्पले टोकेका बिरामीहरुले पाएनन् उपचार

MadhesKhabar

Leave a Comment