बारा,१५बैशाखःबाराको अमलेखगञ्जमा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन् । पथलैया–हेटौंडा सडक अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नमबरको बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले पछाडिबाट भागमा ठक्कर दिँदा ग २ ख १६५५ नम्बरको बसमा सवार १९ यात्रुहरू घाइते भएका हुन् ।
घाइतेहरूलाई उद्धार गरेर ९ जनालाई हेटौंडाको अस्पतालमा र १० जनालाई वीरगन्जको नेपाल मेडिसिटी बयोध्या अस्पतालमा पठाइएको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

