Madhes Khabar
समाचार

बारामा ब्राउन सुगरसहित एक महिला पक्राउ

बारा,३भदाैं: बारामा प्रहरीले खैरो हेरोइनसहित एक महिलालाई पक्राउ गर्को छ।पक्राउ पर्नेमा फेटा गाउँपालिका–१ त्रिवेणीकी ४० वर्षीया पार्वती महतो रहेकी छन्।

लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले महताेकाे घर खानतलासी गर्दा शालिमार लेखिएको झोलामा राखिएको प्लास्टिकका दुई बट्टाभित्र राखिएको अवस्थामा १० ग्राम १६० मिलिग्राम खैराे हेराेइन (ब्राउन सुगर जस्तो देखिने पदार्थ) बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेकी महताेलाई ईलाका प्रहरी कार्यालय प्रसौनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Related posts

पर्साको मसिहानीमा हुण्डीको रकमसहित एक भारतीय पक्राउ

MadhesKhabar

अदालतले सफाई दिएसंगै जेलबाट छुटे अफताब आलम

MadhesKhabar

जग्गाको कित्ताकाट फेरि खुल्यो

MadhesKhabar

Leave a Comment