Madhes Khabar
समाचार

बारामा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदाँ १ काे मृत्यु, ४ घाइते

बारा,१फागुन:बारामा बिहीबार दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदाँ घाइते भएका ५ जनामध्ये एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा बाराकाे बारागढी गाँउपालिका वडा नम्बर २ सुखीपथराका शिव दयाल साह रहेका छन्।

 

बाराकाे आदर्श काेतवाल गाँउपालिका वडा नम्बर ८ काेतवालीस्थित पेट्रोल पम्प नजिकै भारतीय नम्बर प्लेटका दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदाँ दुवै माेटरसाइकलमा सवार पाँच जना घाइते भएका थिए।तीमध्ये गम्भीर घाइते साहकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

बीआर ३२ डी ७२७८ र बीरआर ०५ एई ८०४४ नम्बरका माेटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।अरु घाइते ४ जननकाे भने उपचार जारी रहेकाे प्रहरीले जनाएको छ।

Related posts

वीरगन्ज भन्सारबाट श्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ

MadhesKhabar

भाटभटेनीबाट रक्सी लुट्ने रास्वपाका नेता राजकुमार राई !

MadhesKhabar

प्रिती पासवानलाई शान्ति सुरक्षा दिन माग गर्दै पर्साका सिडिओलाई बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment