वीरगन्ज,१७भदाैं: नेपाल पासवान संघ पर्साले कलाकार प्रिति पासवानको जिउज्यानकाे शान्ती सुरक्षाको माग गर्दै आइतबार पर्साकाख प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार संघका जिल्ला अध्यक्ष प्रभु पासवानको नेतृत्वमा गएको टोलीले कलाकार पासवानमाथि वीरगन्जकाे गहवामाई मन्दिर परिसरमा भएको अभद्र व्यवहारप्रति आपत्ती जनाउँदै शान्ति सुरक्षाकाे माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे ।
बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल वीरगन्जको माइस्थानमा डेरा गरेर बस्दै आएकी कलाकार पासवानमाथि भएको अभद्र व्यवहारपति दलित समुदायका अगुवाको ध्यानाकर्षण भएको छ । मन्दिर परिसरमा भएको अभद्र व्यवहारसँगै प्रिती बस्नै डेरामै पुगेर तोडफोड गरेर त्रसित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तै सामाजिक सञ्जालमापनि किरण बानियाँ र लक्ष्मी नाम गरेका व्यक्तिहरूले पासवानमाथि चरित्र हत्या गर्ने खालका टिप्पणी गर्दै साइबर अपराध गरेको कुरा पनि ज्ञापनपत्रमा उल्लेख छ ।
कलाकार प्रितिसंग अभद्र व्यवहार गर्ने र डेरामा ताेडफाेड गर्ने कार्यमा संलग्न भएकाहरुलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र प्रितीको सुरक्षाको व्यवस्था मिलाउन पनि पासवान संघले माग गरेकाे छ ।
अन्यथा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीपनि संघले दिएकाे छ ।साभार:कालिकाटाइम्स

