
मधेसखबर
वीरगन्ज,१८जेठ :पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएपछि विकास निर्माणको कामले तिब्रता लिएको छ ।
वडा नम्बर ४ मा पर्ने देउरवानाा देखि करबोला चोक सम्मको कच्ची सडक कालोपत्रेको काम बुधबार देखि शुरु भएको छ ।
बुधबार नवनिर्वाचित गाँउपालिका अध्यक्ष यशवन्त यादव र उपाध्यक्ष शर्मिला विष्टले संयुक्त रुपमा सडक कालोपत्रे कार्यको शीलन्याश गरेका हुन् ।
सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष यादव र उपाध्यक्ष शर्मिला बिष्टले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
वर्षादेखि जीर्ण रहेको उक्त सडक गाँउपालिका अध्यक्ष यादवले मर्मत सम्भार गरि कालोपत्रे गर्न शुरु गराएका हुन् ।
संघीय सरकारको ५० प्र्रतिशत र गाँउपालिकाको ५० प्रतिशत गरि कुल ९८ लाख ३७ हजार रुपैयाको लागतमा १ हजार ३ सय ३७ मिटर सडक कालोपत्रे गर्न थालिएको हो ।
सडक कालोपत्रेको ठेक्का ओमसाइ साइ निर्माण सेवा कम्पनिले लिएको छ । यहि जेठ ५ गते सम्झौता गरेको ठेकेदार कम्पनिले बुधबार देखि काम थालेको र अषाढ मसान्त भित्र काम सक्नु पर्ने म्याद रहेको गाँउपालिकाका इन्जिनियर रामबाबु पटेलले जानकारी दिए ।

