वीरगन्ज,१४ जेठः वीरगन्जमा निर्माणधिन घरको टपसहितको पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ की ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीबार दिउँसो निर्माणधिन घरको टपसहित इट्टाको पर्खाल अचानक भत्किएर खस्दा त्यसमा च्यापिएर त्यहि काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उद्धार गरेर नारायणी अस्पतलमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

