Madhes Khabar
समाचार हेडलाइन

पर्सा प्रहरीद्वारा १२ लाखको पटाका बरामद

वीरगन्ज,१ कार्तिक : जिल्ला प्रहरी कार्यालय पर्साले दशैंदेखि तिहारको बीचमा १२ लाख रुपैयाँ बढी मूल्यको पटाका बरामद गरेको छ ।

वीरगन्जसहित जिल्लाका विभिन्न स्थानबाट दशैंदेखि तिहारको बीचमा १२ लाख रुपैयाँ मूल्यको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीको गस्तीका क्रममा तथा मातहतका प्रहरी कार्यालयबाट सडकमा हुने चेकजाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको पटाका बरामद गरिएको उनले बताए ।

बरामद पटाका शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा खाल्डोमा पुरेर नष्ट पनि गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

वीरगन्जको रेडियोमा काम गरेकी सञ्चारकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन

MadhesKhabar

पर्सामा माेटरसाइकल चाेर्ने गिराेह समातियाे, चाेरीका ५ वटा माेटरसाइकलपनि बरामद

MadhesKhabar

पर्साको हुलाकी सडकबाट सशस्त्र प्रहरीद्वारा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment