काठमाडौं,८पुस:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। सोमबार संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध आइतबार सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।
संसद सचिवालयको सूचनामा लामिछानेलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा ईंगित गरिएको छ ।

