Madhes Khabar
राजनीति हेडलाइन

एमाले प्रतिनिधि छनोट : बारामा संस्थापन समूह हाबी, संस्थापन इतरका ६ जना मात्रै

बाराबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधिहरु।

बारा,१४मंसिर:नेकपा एमालेकाे ११ ओैं महाधिवेशनका लागि प्रतिनिधि चयनका क्रममा बारा जिल्लामा संस्थापन पक्ष हाबी भएको छ ।

जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुँदा ६ जना मात्र संस्थापन इतरका छन् । बारा–२ मा मतदान भएको थियो भने बाँकी २ क्षेत्रमा सर्वसम्मति जुटेको थियो ।

दलित तर्फ पनि सर्वसम्मत प्रतिनिधि चयन गरिएको एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले जानकारी दिए ।

संस्थापन समूहमा एक जना प्रदेश सांसद र दुई मेयर निर्वाचित भएका छन् । बारा–३ (क) का प्रदेश सांसद रविन्द्रदास श्रेष्ठ, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र पचरौता नगरपालिकाका मेयर जालन्धर सिंहले संस्थापन समूहको प्रतिनिधित्व गर्दा इतर समूहबाट बारा ४(१) का प्रदेश सांसद देवनारायण चौधरी र जीतपुर सिमराकी वडाध्यक्ष चयन गुरुङ महाधिवेशन प्रतिनिधिमअ निर्वाचित भएका छन् ।

बाराका ४ निर्वाचन क्षेत्र र दलिततर्फ गरी पाँचवटा छुट्टाछुट्टै केन्द्रमा प्रतिनिधि छनोटका लागि उम्मेदवारी दर्ता भएको थियो ।

बारा–२ मा सहमति हुन नसक्दा मतदानबाट प्रतिनिधि छनोट गरिएको हो भने अन्यत्र सहमतिमै प्रतिनिधि छनोट टुंगिएको एमाले बाराका अध्यक्ष पाण्डेले जानकारी दिए ।

‘बारा क्षेत्र नम्बर २ मा सहमतिको प्रयास विफल भएपछि मतदानबाट टुंगो लागेको छ, अन्यत्र हामीले सहमतिमै प्रतिनिधि छनोट टुंग्यायौं,’ अध्यक्ष पाण्डेले भने ।

एमाले बारा जिल्ला इन्चार्ज समेत रहेकी पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहले भने महाधिवेशन प्रतिनिधि छनोट गुटका आधारमा नभई पार्टीमा योगदान गर्नेहरूको सम्मान हुने गरी गरिएको दाबी गरिन् ।

‘बारा जिल्लामा पार्टी एक भएको छ, हामीले गुटका आधारमा कुनै काम गरेका छैनौं,’ साहले भनिन् ।

बाराबाट एमालेको २५ महाधिवेशन प्रतिनिधि चयनका लागि १०७ जनाको उम्मेदवारी परेको थियो । बारा-२ बाहेक अन्य क्षेत्रमा सहमतिमै प्रतिनिधि छनोट टुंग्याइएको हो ।

संस्थापन समूह

बारा–१

अम्बिका चौलागाँई

शम्भु साह कलवार

दिपक चौधरी

बारा–२

जालन्धर सिंह

भुलन चौधरी

नागमती देवि यादव

लक्ष्मी यादव

बारा–३

रविन्द्रदास श्रेष्ठ

टिना सुवेदी

अनिल मैनाली

जवाहिर अंसारी

विनोद साह

बारा–४

लक्ष्मी आचार्य ‘भावना’

ई.मोबिन आलम

ध्रुवप्रसाद यादब

उमेश गुप्ता

धर्मदेवप्रसाद यादब

दलित तर्फ

सुन्दर विश्वकर्मा

अन्जु नेपाली

संस्थापन इतर

बारा–१

दुर्गा कोइराला घिमिरे

लिला खनाल लामिछाने

बारा–३

चयन गुरुङ

बारा–४

देवनारायण चौधरी

कमला घिमिरे

दलिततर्फ

दशरथ राम

 

सुनिल गाँउले/अनलाइनखबर

 

Related posts

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

MadhesKhabar

पर्सागढीकाे एकटांगाका मतदाताकाे घरदैलाेमा पनि रास्वपा उम्मेदवार कानु

MadhesKhabar

मधेसका महिला जनप्रतिनिधीको गुनासो : पुरुष जनप्रतिनिधीले हामीलाई ल्याप्चे लगाउने मात्र ठान्छन्

MadhesKhabar

Leave a Comment