Madhes Khabar
राजनीति हेडलाइन

काँग्रेस सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

मधेसखबर
वीरगन्ज ,२८ भदौं :नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ।

 

समितिले बारा क्षेत्र नंवर १ का सांसद समेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो।

समितिले चौधरी सहित पूर्वसांसद एंव महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।

अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्। उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ। तीनै जनालाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको यादवले जानकारी दिएका छन्।

पार्टी विरोधी गतिविधिमा लागेका कारण कारवाही गरिएको यादवले बताए। लामो समयदेखि दुई गुटमा विभाजित कांग्रेसभित्रको विवाद यतिबेला छताछुल्ल भएको छ।

केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र मन्त्री चौधरी कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै गुट छ।

केन्द्रीय तहमा देउवा र सिटौमा एकैट समूहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ।

यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए। दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएको थियो।

यसअघि मंसुर निकट रही बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो।

बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गरेका छन्।

वैशाख २८ गतेको मिति रहेको उक्त कारबाहीकाे पत्र बाहिरिएपछि अर्को पक्षले एकै पटक तीन जनालाई निलम्बन गरेको हो।

दुवै समूहले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम कारवाही गरेको उल्लेख गरेका छन्। कांग्रेसको बारा जिल्ला समितिमा देउवा समूह बलियो छ।

Related posts

छठघाटमा भक्तजनले मध्यरातमा पुगेर भरे `काेशी´ (फाेटाे फिचर)

MadhesKhabar

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

MadhesKhabar

जीतपुरसिमरामा राप्रपाको नगर अधिवेशनको तयारी तिब,उद्घाटन अध्यक्ष लिङ्देनले गर्ने

MadhesKhabar

Leave a Comment