Madhes Khabar
राजनीति

जीतपुरसिमरामा राप्रपाको नगर अधिवेशनको तयारी तिब,उद्घाटन अध्यक्ष लिङ्देनले गर्ने

वीरगन्ज,११पुसःबाराको जीतपुरसिमरा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नगर अधिबेशन आगामी माघ ५ गते सिमरामा हुने भएको छ ।

नगर अधिवेशनका लागि राप्रपाका उपमहानगर अध्यक्ष माधब त्रिपाठीको संयोकत्बमा पार्टीका भातृ संगठन सहितको टोलीले बिभिन्न समिति गठन गरेर तयारीपनि सुरु गरिसकेको छ ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रबक्ता ज्ञानेन्द्र शाही, महिला नेतृ खुस्बु ओलीले नगर अधिवेशनको उदघाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका युबा नेता महेश खरेलले बताए । उनले अधिबेशन र उदघाटन सभा भब्य बनाउन पार्टीका सबै तप्काका नेता कार्यकर्ता एकजुट भै तयारीमा जुटेको जानकारी गराए । उनले उद्घाटन सभामा केन्द्रीय नेताहरुले मुलुकको बर्तमान अबस्थाको बारेमा टिप्पणी सहितको मन्तब्य राख्नेपनि बताए ।

मघ ५ गते हुने नगरअधिवेशनले ३ सय नगर प्रतिनीधीबीचबाट अध्यक्ष सहितको ३७ सदस्यिय कार्यसमिती चयन गर्ने उनले बताए ।राप्रपाको यस पटकको नगर अधिबेशन भब्य हुने र युबाले नगर कमिटीकोे नेतृत्ब लिने गरी सर्बसम्मत चयन प्रक्रिया पहिलो शर्त रहने अध्यक्ष त्रिपाठीले बताए ।

अधिबेशनको तयारी बारे बुझन यसै साता पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, उपाध्यक्ष रबिन्द्र मिश्र लगाएतका नेताहरुले सिमरामा पार्टीका नेता कार्यकर्तासंग छलफलपनि गरेका थिए । एक दशक सुन्यकै अबस्थामा रहेको जितपुर सिमरामा पछिल्लो समय राप्रपामा युबा आर्कषण बढेको त्रिपाठीको दाबी छ ।

 

Related posts

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

MadhesKhabar

वीरगन्जमा जेनजी शहिदका दाई मुराद आलमको संयोजकत्वमा जेनजी युवा कमिटी गठन

MadhesKhabar

मन्त्री मण्डल पुनर्गठन,नेकपा एसका मन्त्रीहरु फेरिए

MadhesKhabar

Leave a Comment