वीरगन्ज,४माघ:पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य (सांसद) काे उम्मेदवार विश्वराज घिमिरेलाई बनाउन आग्रह गरिएको छ।
नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमितिले फागुन २१ मा हुने निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ४ काे उम्मेदवार घिमिरेलाई बनाउन आग्रह गरेकाे हाे।यसअघि क्षेत्रीय कार्यसमितिले भने क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजालकाे एकल नाम सर्वसम्मतिले सिफारिस गरेकाे थियाे।
कांग्रेस ठाेरी गाँउपालिका समिति सभापति सन्ताेष श्रेष्ठले भने शनिबार पार्टीको केन्द्रीय कार्यसमितिलाई सम्बाेधन गरेर लेखेकाे पत्रमा क्षेत्रका लाेकप्रिय तथा जनताकाे सुखदुखमा साथ दिदैं आएका नेता घिमिरेलाई पार्टीले उम्मेदवार बनाएकाे खण्डमा कांग्रेस पार्टी अझ मजबुत हुने आग्रह गरिएको छ।
ठाेरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुर निवासी घिमिरे नेपाल किसान संघकाे केन्द्रीय सदस्य हुन्।कांग्रेसको १४ ओैं जिल्ला अधिवेशनमा उनि जिल्ला सचिवकाे उम्मेदवार पनि बनेका थिए।


