बारा,२५बैशाखःबाराको कलैयामा रहेको यातायात व्यवस्था कार्यालयले सञ्चालनमा आएको चार महिनामै दुई करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।कलैयाको गंगापुरमा गत मंसिर २५ गतेदेखि स्थापना गरी सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण, सवारीको इजाजतपत्र नविकरण लगायतका सेवा प्रदान गरी त्यसबापत दुइ करोड २० लाख रुपैइाँ राजश्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख नवाज हुसेनले बताए ।
गत मंसिर २५देखि स्थापना गरि सञ्चालनमा ल्याइएको कार्यालयमा सवारी चालक अनुमतिपत्रका लागि गत फागुन २३ गतेदेखि आवेदन लिन शुरु गरिएको र त्यसयता हालसम्म १ हजार ९९० जनाले आवेदन दिएको भन्दै हुसेनले ती मध्ये हालसम्म लिखित र प्रयोगात्मक(ट्रायल) परीक्षामा ५ सय ५८ जना पास भएको जानकारी दिए ।कलैयास्थित कार्यालयले कार्यालयले चारपाङग्रे कारलगायतका हलुका सवारी साधन,ट्रायक्टर,टेम्पो,मोटरसाइकल, स्कुटर लगायतका सवारी साधनका चालकको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमति पत्र दिँदै आएको छ ।
कलैयास्थित कार्यालयबाट हरेक सेवा अनलाइन मार्फत प्रदान गरिदै आएकोले कुनैपनि काम बिचौलिया मार्फत नगराउन उनले सेवाग्राहीसंग अपिलपनि गरे । कार्यालय प्रमुख हुसेनले यसअघि सवारी चालक अनुमति पत्र बनाउनका लागि वीरगन्ज धाउनुपर्ने बाध्यता रहेकोमा अब दुई महिना यतादेखि भने त्यो बाध्यता हटेको बताए ।

