वीरगन्ज,१८भदाैं:पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको छ।
गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भाेजपुरकाे सीडीओमा शिवलाल तिवारीलाई पठाएको हाे।
भदाैं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सीडीओ अर्यालसहित २४ जिल्लाका सीडीओकाे सरुवा गरेको थियाे ।त्यसबेला चितवनमा भने सीडीओ रिक्त राखिएको थियो ।
रुपन्देहीबाट सरुवा भई पर्सामा २०८१ कार्तिक १२ गते आएका सीडीओ अर्यालको गृहले भदाैं ४ गते मन्त्रालयमा सरुवा गरेर उनको स्थानमा पर्सामा पाल्पा जिल्लाका सीडीओ तोयनारायण सुबेदीलाई पठाएको छ ।