Madhes Khabar
समाचार हेडलाइन

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

वीरगन्ज,१८भदाैं:पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको छ।

गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भाेजपुरकाे सीडीओमा शिवलाल तिवारीलाई पठाएको हाे।

 

भदाैं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सीडीओ अर्यालसहित २४ जिल्लाका सीडीओकाे सरुवा गरेको थियाे ।त्यसबेला चितवनमा भने सीडीओ रिक्त राखिएको थियो ।

रुपन्देहीबाट सरुवा भई पर्सामा २०८१ कार्तिक १२ गते आएका सीडीओ अर्यालको गृहले भदाैं ४ गते मन्त्रालयमा सरुवा गरेर उनको स्थानमा पर्सामा पाल्पा जिल्लाका सीडीओ तोयनारायण सुबेदीलाई पठाएको छ ।

Related posts

जन्मसिद्ध नागरिकका सन्तानलाई पर्सा र बारामा टाेकन प्रणालीबाट नागरिकता वितरण गरिने

MadhesKhabar

अब भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

MadhesKhabar

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

Leave a Comment