वीरगन्ज,२२असारःसर्लाहीमा प्रहरीले ठूलो परिमाणमा काजु सहितको एउटा ट्रक बरामद गरेको छ ।सर्लाहीको बागमती नगरपालिका–१२ बागमतीस्थित प्रहरी चेकपोष्टमा प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले ८ क्युन्टल २० केजी काजुसहित ग २ ख १४१८ नम्बरको ट्रक बरामद गरेको हो ।
सर्लाहीको कविलासी–३ मदनपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक बागमतीमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ट्रकमा रहेको परालको भुसभित्र लकुाएर राखिएको २६ वटा बोरामा रहेको ८ क्यून्टल २० केजी काजु काजु फेला परेको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए ।बरामदन काजुको बजार मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।
ट्रक र काजुसंगै प्रहरीले ट्रकका चालक सर्लाहीको बरहथवा नगरपलिका– १३ बसवरीयाका ५६ वर्षीय राजबंशी झालाई पनि नियन्त्रणमा लिएको यादवले बताए । बरामद ट्रकको २५ लाख र काजुको १२ लाख २० हजार रुपैयाँ मूल्यांकन गरेर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार नै मलंगवा भन्सार कार्यालयमा बुझाइएको यादवले जानकारी दिए ।

