Madhes Khabar
समाचार

वीरगन्जको मतगणनास्थलमा विवाद ,वडा नम्बर १ को मतगणना स्थगीत

मधेसखबर
वीरगन्ज ,३१ बैशाख
: वीरगन्ज महानगरपालिका वडा नम्बर १ को मतगणना शुरु हुन नपाउदै रोकिएको छ ।
मतगणनास्थल नृहसिंह माविको कोठा नम्बर १०२ मा वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि मतगणना रोकिएको हो ।
तारजालीको बार भित्र रहेका निर्वाचन कार्यालयका कर्मचारीले मतपेटिका खोल्नै लाग्दा , तारजाली बार बाहिर रहेका उम्मेदवारका प्रतिनिधीहरु बिच विवाद भइ हात हालाहाल समेत भएपछि मतगणना रोकिएको त्यहा रहेका सन्चारकर्मी अमित अग्रवालले जानकारी दिए ।
उनका अनुसार , अहिले मतगणना रोकिएको र १०२ नम्बर कोठालाइ सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर बसेका छन् ।
महानगरको वडा नम्बर ३१ , ३२ र २ को भने मतगणना जारी रहेको अग्रवालले जानकारी दिए ।

शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

Related posts

वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

MadhesKhabar

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जबाट काठमाडौंमा एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति, पर्साका पनि दुई जना संलग्न

MadhesKhabar

Leave a Comment