Madhes Khabar
समाचार

लेखापढी व्यवसायी एशाेसिएसनकाे अध्यक्षमा सन्नी पटेल निर्वाचित

वीरगन्ज,१९वैशाख: नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समितिको अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन्। शनिबार वीरगन्ज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा पटेलले १२७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धि उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने चन्दु प्रसाद पटेलले ३३ मत मात्रै ल्याए।

 

यसैगरी उपाध्यक्षमा वीरबल कुमार यादव, सचिवमा नितेश गुप्ता, सह–सचिवमा बबिता कुमारी धानुक, कोषाध्यक्षमा धर्मेन्द्र कुमार साह निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा सुमित कुमार साह, बिकेश महतो धानुक, लक्ष्मी साह, मणिभूषण कुशवाहा, राजेश प्रसाद यादव र अमिरा पासवान चयन भएका छन्। पार्षदमा उपेन्द्र प्रसाद साह, अब्दुल हकिम राउत गदी र राजा बाबु पटेल निर्वाचित भएका छन्।

 

नवनिर्वाचित अध्यक्ष पटेलले आफ्नो कार्यकाल पारदर्शिता, व्यावसायिक अनुशासन र सेवा सुधारमा केन्द्रित रहने प्रतिक्रिया दिए। उनले लेखापढी व्यवसायलाई थप व्यवस्थित, मर्यादित तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सदस्यहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे।

 

अध्यक्ष पटेलले भने,`लेखापढी व्यवसायीहरू न्यायिक प्रक्रियाको महत्वपूर्ण अंग हुन्। सेवाग्राहीलाई सहज, छरितो र विश्वसनीय सेवा दिनु हाम्रो दायित्व हो। मेरो नेतृत्वमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम तथा समन्वयलाई विशेष प्राथमिकता दिइनेछ।´ उनले पेशाभित्र देखिएका विकृति, अव्यवस्था र अनियमितता अन्त्य गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, जिल्ला अदालत तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लेखापढी व्यवसायीहरूको गरिमा र भूमिका अझ सुदृढ बनाउने उनले बताए।

Related posts

बारामा १६ लाख बढीको कपडा र पटाकासहितको पिकअप गाडी बरामद

MadhesKhabar

बारामा ब्राउन सुगर सहित पर्साका ३ जना पक्राउ

MadhesKhabar

पेस्तोलसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment