Madhes Khabar
मधेस प्रदेश समाचार

एमाले नेतृलाई कुटपिट गरेकाे आराेपमा पत्रकार महासंघ राैतहटका अध्यक्ष झाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम,१कार्तिक: नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झाविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

गौर नगरपालिका- ३ की एमाले नेतृ ४५ वर्षीया सुनिताकुमारी श्रीवास्तवलाई निर्घात कुटपिट गरेको आरोपमा पत्रकार झा र उनका छोरामाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको हो ।

रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले पीडित महिलाका श्रीमान मनोज वर्माले पत्रकार झा र उनका छोराविरुद्ध मुद्दा दर्ता गराएको जानकारी दिए । उनले अभिनाश झा पक्राउ परेको र पत्रकार झा भने फरार रहेकाले खाेजी भइरहेको बताए ।

कुटिएकी सुनिता नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन् । सुनिता र पत्रकार झाकाे घर जाेडिएका छन् । सुनिताले घरकाे भेन्टिलेसन खाेल्दा समस्या भएकाे भन्दै पत्रकार झाले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखाेल्ने सहमति ताेडिएकाे भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरणासन्न हुनेगरी कुटपिट गरेकाे बुझिएकाे छ ।

सुनिताको अहिले वीरगनणजस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ।साभार:नेपालप्रेसबाट

Related posts

भूकम्पको संवेदनशीलतालाई बुझेर संरचना बनाउनुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

महोत्तरी २ मा लोसपाका शरतसिंह भण्डारी पुन निर्वाचित

MadhesKhabar

महाकुम्भमा गएर फर्किदै गरेकाे गाडी दुर्घटना हुदाँ ५ जना नेपालीको मृत्युु

MadhesKhabar

Leave a Comment