Madhes Khabar
मधेस प्रदेश समाचार

एमाले नेतृलाई कुटपिट गरेकाे आराेपमा पत्रकार महासंघ राैतहटका अध्यक्ष झाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम,१कार्तिक: नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झाविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

गौर नगरपालिका- ३ की एमाले नेतृ ४५ वर्षीया सुनिताकुमारी श्रीवास्तवलाई निर्घात कुटपिट गरेको आरोपमा पत्रकार झा र उनका छोरामाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको हो ।

रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले पीडित महिलाका श्रीमान मनोज वर्माले पत्रकार झा र उनका छोराविरुद्ध मुद्दा दर्ता गराएको जानकारी दिए । उनले अभिनाश झा पक्राउ परेको र पत्रकार झा भने फरार रहेकाले खाेजी भइरहेको बताए ।

कुटिएकी सुनिता नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन् । सुनिता र पत्रकार झाकाे घर जाेडिएका छन् । सुनिताले घरकाे भेन्टिलेसन खाेल्दा समस्या भएकाे भन्दै पत्रकार झाले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखाेल्ने सहमति ताेडिएकाे भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरणासन्न हुनेगरी कुटपिट गरेकाे बुझिएकाे छ ।

सुनिताको अहिले वीरगनणजस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ।साभार:नेपालप्रेसबाट

Related posts

खाेलामा डुबेर दुई बालककाे मृत्यु

MadhesKhabar

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

MadhesKhabar

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पाेखरेलले दिए राजिनामा

MadhesKhabar

Leave a Comment