Madhes Khabar
मधेस प्रदेश

सप्तरीको चिम्टीमा भीषण आगलागी, १५० भन्दा बढी घरगाेठ जलेर नष्ट

सप्तरी,१८बैशाख:सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ। आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएको छ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट शुरू भएको आगलागीले गाउँ नै जलेको हो।यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका अनुमानित १५० भन्दा बढी घरगोठ जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष दासले बताए।

राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएका बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। उक्त आगलागीमा करिब ६०/७० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।साभार:उकालो

Related posts

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

MadhesKhabar

वीरगन्जमा सरावगीको पालामा लगाइएका ठेक्का सम्झौता खारेज गर्ने निर्णय

MadhesKhabar

जसपा अध्यक्ष उपेन्द्र यादवले मागे मुख्यमन्त्री लालबाबु राउतको राजिनामा

MadhesKhabar

Leave a Comment