Madhes Khabar
मधेस प्रदेश

लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या

जनकपुरधाम,१२कार्तिक : जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको तथ्य खुलेको प्रहरीको दाबी छ ।

प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो ।

तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रहरीका अनुसार उनीहरुले बुधबार टेम्पोमा जटही हुँदै भारतको पारी बजारमा गई लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरेका थिए ।साभारः अनलाइनखबरबाट

Related posts

प्रदेशको ब्रान्ड ‘रुख’ घोषणा गर्दै मधेस सरकार

MadhesKhabar

लालबन्दीबाट १६ क्वीन्टल १२ किलाे गाँजा बरामद

MadhesKhabar

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक

MadhesKhabar

Leave a Comment