Madhes Khabar
मधेस प्रदेश

मधेसका सन्चारकर्मीको हौसला बढाउन मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने

मधेसखबर
वीरगन्ज,०७ असार : मधेसका सन्चारकर्मीको हौसला बढाउन मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने भएको छ।

बाराको  कलैया स्थित नेपाल इन्स्टिच्युट  अफ मास कम्यूनिकेशन प्रालिले मधेश प्रदेश मिडिया अवार्ड्स प्रदान  गर्ने भएको हो ।कलैया स्थित होटेल करण राज प्यालेसमा मंगलबार पत्रकार सम्मेलन गरेर इन्स्टिच्युटका  प्रमुख आनन्द शर्माले असार २५ गते कलैयामा एक समारोह आयोजना गरेर अवार्ड प्रदान गरिने जानकारी गराएका हुन् । यो मिडिया अवार्ड  मधेश प्रदेश कै पहिलो मिडिया अवार्ड हुने उनले बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री   लालबाबु राउतको   प्रमुख अतिथ्यतामा  हुने अवार्ड वितरण समारोहकाे प्रत्यक्ष प्रशारण  ५ वटा टेलिभिजन र २० वटा एफएम रेडियोबाट  गरिने उनले जानकारी दिए ।

संचारकर्मीहरुको कार्यको उचित मुल्यांकन गर्नको लागि, संचारकर्मीहरुको कार्यको मुल्यांकन गरि उत्कृष्ट संचारकर्मीहरुलाई सम्मानित गर्ने र उनीहरुको हौसला बढाउनको लागि अवार्ड वितरण कार्यक्रमको  आयोजना गर्न लागिएको उनले बताए ।

नेपाल इन्स्टिच्युट अफ मास कम्यूनिकेशन प्रालि. २०७८ सालमा स्थापना भई २०७८ फाल्गुन ०१ देखि बिधिवत रुपमा सुचारु भएको संस्था हो ।

Related posts

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शीवशंकर साह एमाले महाधिवेशन प्रतिनिधि

MadhesKhabar

पर्सामा रहेका प्रदेश सरकार मातहतका कार्यालयहरुको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

MadhesKhabar

सर्लाहीको बरहथवामा मृत्यु भएका साहको शव अझै घटनास्थलमै

MadhesKhabar

Leave a Comment