Madhes Khabar
मधेस प्रदेश

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शीवशंकर साह एमाले महाधिवेशन प्रतिनिधि

जनकपुरधाम, २४ मंसिर : जनकपुरधाममा एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति नेकपा एमाले कोमहाधिवेशन प्रतिनिधि रहेको खुलेको छ ।

एक १४ वर्षीया बालिकालाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा हिरा भनिने शिवशंकर साहलाई प्रहरीले भारतको सितामढीबाट पक्राउ गरेर मंगलबार जिल्ल प्रहरी कार्यालय धनुषमा ल्याएको थियो। उनी गत २०७९ को निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा एमालेका तर्फबाट उम्मेदवारपनि थिए ।

जकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र नम्बर–३ बाट एमालेको ११ औंैं महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका हुन् ।

बालिकालाई बलात्कार आरोपमा साहलगायत ४ जनाविरुद्ध दुई साता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

 

 

Related posts

महोत्तरी १ : पूर्वमन्त्री पोखरेललाई हराउदै एमालेका महत्तो विजयी

MadhesKhabar

मधेसमा आज बलिदानी दिवस मनाइँदै

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन जसपा महिला नेतृहरु सकृय

MadhesKhabar

Leave a Comment