Madhes Khabar
मधेस प्रदेश

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

सांके्तिक फोटो

मधेसखबर

वीरगन्ज,१४ भदौं : चट्याङ लागेर रौतहटमा तीन जना महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको हो।

स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेका बेला  मंगलवार बिहान करिब साढे सात बजे चट्याङ लागेर उनिहरूको मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएपछि महिलाहरुलाई उपचारको लागि गरुडास्थित सिटी हस्पिटलमा पुर्‍याइएकोमा  उपचारकै क्रममा गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, निजकै छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको हो।

चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते भएकी छन्। घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको छ। घाइतेको अवस्था मध्यम खालेको रहेको प्रहरीले जनाएको छ ।

Related posts

राैतहट:छात्रालाई ‘ह्यापी बर्थ डे मेरी जान’ लेख्ने शिक्षकलाई विद्यालयले गर्‍यो निष्कासन

MadhesKhabar

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

MadhesKhabar

वीरगन्ज २० मा पनि एमालेको जीत , वडाअध्यक्षमा पराग निर्वाचित

MadhesKhabar

Leave a Comment