Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा फेरि दाेहाेरिने राउतकाे दाउ

मधेसखबर
वीरगन्ज ,२८ भदाैं :आगामी निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले फेरि प्रदेशसभातर्फ नै उम्मेदवारी दिने भएका छन् ।

एक कार्यकाल मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका राउत यस पटक पनि पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेशसभातर्फ उम्मेदवारमा सिफारिस भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवका अनुसार राउत अगामी निर्वाचनपछि पनि मुख्यमन्त्रीमै दोहोरिन चाहेका छन् । ‘आगामी निर्वाचनका लागि पार्टीले उहाँलाई संघ र प्रदेशमध्ये कता ठिक लाग्छ त्यतै विचार गर्नुस् भन्दा उहाँले प्रदेश रोज्नुभयो,’ जसपाका मधेस प्रदेश अध्यक्ष यादवले भने, ‘उहाँले पुनः मुख्यमन्त्रीको लागि आफूलाई वेटिङ लिस्टमा आफूलाई राख्नुभएको छ ।’

मंसिर ४ को निर्वाचनपछि पनि मधेस प्रदेशमा जसपाले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी गरेको छ । जसपाका मधेस प्रदेश अध्यक्ष यादवले अगामी मुख्यमन्त्रीको लागि राउतसँगै बारा क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तथा सभामुख सरोज यादव, प्रदेश कृषि मन्त्री विजय यादव, मनिष सुमन लगायतको दावी रहेको बताएका छन् । साभार: राताेपाटी

Related posts

रहबर अन्सारी बने मधेस प्रदेशको राज्यमन्त्री

MadhesKhabar

संघ सरकारले मधेस प्रदेशलाई अधिकार नदिए काठमाडौंमा धर्ना बस्ने चेतावनी

MadhesKhabar

महोत्तरीमा आगो लगाएर आमा छोरीको हत्या प्रयास , आगो लगाउने ज्वाँइ फरार

MadhesKhabar

Leave a Comment