Madhes Khabar
मधेस प्रदेश

प्रहरीको नियन्त्रणबाट भाग्न खाेजेपछि प्रहरीले चलाएकाे गाेली लागेर दुई डाँका घाइते

महाेत्तरी,२९कार्तिक: महाेतणतरीमा प्रहरीको नियन्त्रणबाट भाग्न खोजेपछि प्रहरी चलाएको गोली लागि दुई जना डकैतहरु घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नंबर २ का ३२ वर्षीय शक्ति पासवान र त्यही स्थानका ३३ वर्षीय अजय पासवान घाइते भएका हुन् । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

जलेश्वरतर्फ प्रहरीको गाडीमार्फत ल्याउने क्रममा फरार हुन खोजेपछि प्रहरीले गोली चलाएको र उनीहरु घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । उनले भने, ‘सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिएकोले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका वडा नं ५ सम्म ल्याई सो गाडीबाट पुन : महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तिलाई सुरक्षाकर्मीले हाल्न खोज्दा अचानक गाडीबाट हामफाली भाग्न लागेपछि प्रहरीले गोली चलाउन बाध्य भएको हो।’

प्रहरीले पेस्तोलबाट गोली चलाउँदा शक्ति कपुर पासवान र अजय पासवानको बाँया खुट्टाको तिघ्रामा गोली लागि घाइते भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । उनीहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनीहरुमाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले रौतहटकाे गरुडा नगरपालिका वडा नंबर ४ पानी ट्याङकीबाट शक्ती कपुर पासवानको साथबाट कटुवा पेस्तोल थान १ र त्यसमा लाग्ने गोली थान ४ ( राउण्ड) समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तो छ आरोप

उनीहरुको समूहले कातिक २० गतेका दिन जलेश्वर नगरपालिका वडा नंबर ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । मूलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ ७/८ जनाको डाँका समूह हातहतियारसहित घरमा प्रबेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए ।

त्यस्तै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देबीलाई काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

राैतहटमा चक्कु प्रहारबाट घाइते युवककाे मृत्युु

MadhesKhabar

राैतहटकाे दलित बस्तीमा विद्युत सर्ट भएर आगलागी हुदाँ २५ घर जलेर नष्ट

MadhesKhabar

सहकारीबाट लिएकाे ऋणकाे किस्ता तिर्न नसक्दा आत्महत्या

MadhesKhabar

Leave a Comment