Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा चार राउन्ड गोलीसहित दुईजना पक्राउ

सांकेतिक तस्वीर

सर्लाही,२७फाल्गुनःसर्लाहीमा चार राउन्ड गोली सहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लू ५८८३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्तिसँग चार राउन्ड गोली फेला परेको थियो ।

मंलगवा नगरपालिका– १ बस्ने २१ बर्षिय पोसन महरा रामको साथबाट आठ एमएमको चार राउन्ड गोली बरामद भएको थियो । रामलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसमा संलग्न अर्का बागमती नगरपालिक–८ का २४ बर्षिय रञ्जित रामलाईपनि उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी ज्ञवालीले दिए ।

Related posts

धनुषा १ : माओवादीका मातृका यादव हारे , जसपाका कार्की विजयी

MadhesKhabar

धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान

MadhesKhabar

मन्दिरबाट लागू औषध गाँजासहित साधु पक्राउ

MadhesKhabar

Leave a Comment