जनकपुरधाम,२३असाेज: नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयाेजित पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले मधेसमा आफ्नै नेतृत्वको सरकार बनाउने लक्ष्यका साथ अब एमाले क्रियाशील हुने बताए ।
भट्टराईले सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेस प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।
‘मधेसको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेसको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’
उनले थपे, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ । अब मधेस प्रदेशको अधिवेशनको ध्यान त्यता जान्छ ।’साभार:अनलाइनखबर