Madhes Khabar
मधेस प्रदेश

मुसहर बस्तीका १० जनालाई एकैसाथ नागरिकता

जनकपुरधाम,९माघ:जिल्ला प्रशासन कार्यालय धनुषाले सकुम्बासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ ।

अशिक्षा , गरिबीका कारण लामो समयदेखि नागरिकताबाट बञ्चित धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियाका सुकुम्बासी बस्तीका मुसहरहरुलाई प्रशासनले नागरिकता प्रदान गरेको हो ।

जसमा सबभन्दा बढी ४८ वर्षको उमेरमा नागरिकता पाएका छन् मोतीलाल सदाले । त्यस्तै बस्तीकै अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दिपेन्द्र सदाले नागरिकता पाएका हुन् ।

केही दिनअघि उक्त बस्तीनजिक एक कार्यक्रममा जाँदा सुकुम्बासी बस्तीका उनीहरु लामोसमयदेखि नागरिकता नपाएको, कार्यालयमा गए पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दए ।

उनका अनुसार यसरी छुटेका १७ जनाले नागरिकताको लागि कागजात पेस गर्दा कानुनी प्रक्रिया पूरा गरी १० जनालाई प्रदान गरिएको छ । थप ७ जनाको प्रक्रिया पुर्‍याएर छिट्टै नागरिकता दिने प्रजिअ पाण्डेले बताए ।साभार:अनलाइनखबरबाट

Related posts

मधेस : स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले जलाए बस

MadhesKhabar

मधेस : तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

MadhesKhabar

Leave a Comment