Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

सांकेतिक तस्बिर ।

सर्लाही,२०बैशाखःसर्लाहीमा बिहीबार बिहान स्कूटर दुर्घटना हुदाँ एक जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा ती महिलाका छोरा गम्भीर घाइते भएका छन् । दुर्घटनामा सलाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ सागरनाथकी ४० बर्षिया देवी माया थापा मगरको मृत्यु भएको हो । उनका छोरा ११ बर्षिय श्रवण थापा मगर गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान साढे १० बजेतिर सागरनाथस्थित सडकमा देवीमायाले चलाएको बा ५४ प ६३०७ नम्बरको स्कूटर घुम्तीमा अनियन्त्रित भई सडक नजिक राखिएको टायरगाढामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते बालक श्रवणको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

Related posts

सर्लाहीमा एक बोरा धानका लागि वृद्धाको हत्या

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

हाेटलमा बालिकालाई बलात्कार गरेकाे आराेपमा एमाले नेता साह पक्राउ

MadhesKhabar

Leave a Comment