Madhes Khabar
मधेस प्रदेश

हाेटलमा बालिकालाई बलात्कार गरेकाे आराेपमा एमाले नेता साह पक्राउ

जनकपुरधाम,२३मंसिर:नाबालिकलाई जबरजस्ती करणी (बलात्कार) गरेको मुद्दामा एमाले नेता शिवशंकर साह हिरा पक्राउ परेका छन् । मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ ।

 

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ ।त्यही मुद्दामा हिराका भाइ मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए ।

हिरा एमालेबाट २०७९ सालको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाे मेयरको उम्मेदवार थिए । उनी मधेस प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् । यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामा समेत पक्राउ परेका छन् ।

बालिका अहिले सेफ हाउसमा बसिरहेका छन् । उनले दिएको जाहेरीको आधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।साभार:इकान्तिपुर

Related posts

मधेसमा विद्यमान खानेपानी समस्याकाे दीर्घकालीन समाधानका लागि मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच छलफल

MadhesKhabar

जनकपुरमा सहकारीका कर्मचारीबाट पेस्तोल देखाएर लुटियो ८० लाख रुपैयाँ

MadhesKhabar

राैतहटकाे चपुरमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment