Madhes Khabar
अर्थतन्‍त्र मधेस प्रदेश

मधेस सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट

जनकपुरधाम,१असार:मधेस सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको चालु तर्फ १६ अर्ब ०७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदान ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदान ३ अर्ब ५५ करोड ७८ लाख हजार हुने अनुमान प्रदेश सरकारको छ ।

संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार र आन्तरिक ऋण २ अर्ब उठाउने प्रदेश सरकारको घोषणा छ ।

मधेस प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयलाई १३ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब २१ करोड ६५ लाख ४ हजार, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयलाई ५ अर्ब १७ करोड, उद्योग पर्यटन मन्त्रालयलाई २ अर्ब ९८ करोड ५२ लाख २८ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब ९७ करोड १९ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयलाई २ अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरेको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ४२ करोड ४६ लाख २५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई १ अर्ब ९५ करोड ८३ लाख ५० हजार, श्रम तथा यातायात मन्त्रालयलाई ९९ करोड ९७ लाख ४८ हजार र सबभन्दा कम गृह सञ्चार तथा कानुन मन्त्रालयलाई ७७ करोड ५७ लाख ४ हजार विनियोजन गरिएको छ ।साभार:अनलाइनखबर

Related posts

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

सुनको मुल्य आज फेरि बढ्यो

MadhesKhabar

मधेसका सन्चारकर्मीको हौसला बढाउन मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने

MadhesKhabar

Leave a Comment