Madhes Khabar
मधेस प्रदेश

राैतहट:छात्रालाई ‘ह्यापी बर्थ डे मेरी जान’ लेख्ने शिक्षकलाई विद्यालयले गर्‍यो निष्कासन

रौतहट,२साउन : रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यामिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्। गत आइतबार १६ वर्षीया छात्रालाई मोबाइलमा ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विद्यालयले उनलाई हटाउने निर्णय गरेको हो।

 

असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठकले यस्तो निर्णय गरेको विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले बताए।

 

विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी छात्रालाई मोबाइलमा सन्देश पठाउँदै आएको खुलासा अभिभावकको उजुरीले गरिदिएको छ।

 

४९ वर्षीय साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय पढाउँदै आएका थिए । सन्देश सार्वजनिक भएपछि विद्यार्थी आक्रोशित बन्दै कुटपिट र तोडफोडमा उत्रिएपछि प्रहरीले शिक्षक शाहलाई सोही दिन पक्राउ गरेको थियो।
साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर कारबाही अघि बढाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले बताए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

मधेसमा छोरी घटेको घट्यै : पुरुष भन्दा महिलाको संख्या सबै भन्दा कम पर्सामा

MadhesKhabar

सवैया साझेदारी वन समिति विरुद्ध युवाहरु आन्दोलित

MadhesKhabar

Leave a Comment