Madhes Khabar
अर्थतन्‍त्र

घट्याे पेट्रोल र डिजेलकाे मुल्य

काठमाडौं,१माघ:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।घटाइएको मुल्य साेमबार राति १२ बज्पछि लागू हुने निगमकाे भनाई छ।

Related posts

बचतकर्ताको रकम तत्काल फिर्ता गर्न सानो पाइला सहकारीलाई वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

MadhesKhabar

पर्साकाे मसिहानीमा औद्योगिक ग्राम बनाउने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment