वीरगन्ज,२९फाल्गुनः आँउदो होली पर्बलाई लक्षित गरि वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समिति मंगलबार वीरगन्जको बजारमा अनुगमनमा निस्किदा पसलेहरु पसलनै बन्द गरेर हिडेका छन् ।
महानगरपालिकाका उपमेयर इम्तियाज आलम संयोजक रहेको महानगरको बजार अनुगमन समितिको सोमबार बसेको बैठकले होली पर्बलाई लक्षित गरि बजार अनुगमन तिब्र बनाउने निर्णय गरेको थियो ।त्यहि निर्णय अनुसार मंगलबार बजार अनुगमन समितिको टोली बजार अनुगमनमा पुग्दा व्यवसायी र पसलेहरु पसलनै बन्द गरेर भागेको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
उनका अनुसार, मंगलबार अनुगमन टोली वीरगन्जको बाइपास र नयाँ बसपार्क क्षेत्रमा रहेका होटल,रेष्टुरेन्ट र किराना पसलहरुमा अनुगमन गर्न पुगेको थियो ।त्यसक्रममा त्यसक्षेत्रका कतिपय व्यवसायी र पसलेहरु डरले पसलनै बन्द गरेर भागेको पन्तले बताए । अनुगमन टोलीलाई पसलेहरुले असहयोगपनि गरेकोे महानगरका खाद्य अधिकृत बिपिनलाल कुमार दासलेपनि बताए ।
अनुगमनका क्रममा बसपार्क क्षेत्रका विभिन्न पसल र होटलहरुबाट म्याद गुज्रिएका बियर,लिच्ची जुस,पेप्सी,लेज,कुरकुरे लगायतका सामानहरु जफत गरी नष्टपनि गरिएको पन्तले जानकारी दिए।कितपय पसलेले अहिलेको आर्थिकमन्दीका बेलापनि व्यपारीलाई दुख दिने नियतले महानगरको टोलीले बजार अनुगमन गरिरहेको भन्दै अनुगमन टोलीको प्रतिवादपनि गरेको पन्तले बताए ।
वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत दासको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीमा वीरगन्ज उद्योग उद्योग वाणिज्य संघका मनोज दास, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त ,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीका साथै नापतौल कार्यालय,खाद्य अनुसन्धान कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरुपनि सहभागी थिए ।