Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पिडित जग्गाधनीहरुले धर्ना स्थगीत गरेपछि वीरगन्ज ड्राइपोर्टको कामकाज सुचारु

वीरगन्ज,१८ असोज : वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह(ड्राइपोर्ट) मा मुआब्जा पिडितहरुले धर्ना स्थगीत गरेपछि डाइपोर्टको कामकाज बिहीबार साँझदेखि नियमित रुपमा सुचारु भएको छ ।

ड्राइपोर्ट र एकिकृत भन्सार जाँच चौकी(आइसिपी) विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा ७ वर्षदेखि नपाएको भन्दै पिडित जग्गाधनीहरुले गत आइतबारदेखि ड्राइपोर्टको मुख्य गेटमै धर्ना दिएका कारण ड्राइपोर्टको कामकाज नै प्रभावित भएको थियो ।

बिहीबार साँझ पिडित जग्गाधनीका अगुवा र ड्राइपोर्ट भन्सार प्रमुख डाक्टर रामप्रसाद मैनालीबिच भएको वार्तामा तीन बुँदेसहमति भएर धर्ना स्थगीत गरिएसंगै ड्राइपोर्टको कामकाज नियमित रुपमा सुचारु भएको हो ।

वार्तामा बाँकी मुआब्जा छठ पर्ब अगावै सम्बन्धित जग्गाधनीहरुलाई वितरण गरिने लगायतका तीन बुँदे सहमति भएसंगै आफुहरुले धर्ना स्थगीत गरेको मुआब्जा पिडित संघर्ष समितिका संयोजक अशोक चौधरीले बताए ।

यसअघि गत आइतबारदेखि पिडित जग्गाधनीहरुले संघर्ष समिति नै गठन गरेर ड्राइपोर्टको मुख्य गेटमै पाल टाँगेर बिहानदेखि साँझसम्म धर्ना दिदैं आएका कारण ड्राइपोर्ट कार्यालय र भन्सारको कामकाजनै प्रभावित हुदैं आएको थियो ।

वीरगन्ज महागनरपालिका वडा नम्बर २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी(आइसिपी) बीचको करिब ६२ बिघाको ९ सय २० कित्ता जग्गा सरकारले २०७३ पुषमा अधिग्रहण गरी रोक्का गरेको थियो । त्यहि वर्षको कात्तिक २७ गततेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा मार्फत जग्गाधनीलाई मुआब्जा रकम वितरणपनि सुरु गरिएको थियो ।

त्यसयता पटक पटकमा गरी हालसम्म ८ सय २३ कित्ता जग्गाको करिब ४ अर्ब ५० करोड रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको छ । अब १३ बिघा जग्गाको मात्र करिब २ अर्ब ३६ करोड रुपैयाँ मुआब्जा वितरण हुन बाँकी छ । यसबाहेक यस बाहेक जग्गामा बनेका घर, रुख, कृषि, पोखरी, चापाकलजस्ता सम्पत्तिको पनि मुआब्जा वितरण गर्न बाँकी छ ।सरकारले सात वर्षअघि नै अधिग्रहण गरी रोक्का गरिसकेको जग्गा मध्ये मुआब्जाा पाउन बाँकी रहेका जग्गाधनीहरुले यसअघि पनि पटक पटक प्रदर्शन र धर्ना दिदै आएका थिए ।

Related posts

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

MadhesKhabar

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

MadhesKhabar

पर्साबाट तेस्रो पटक मन्त्री बन्ने पहिलो सांसद प्रदीप यादव

MadhesKhabar

Leave a Comment