Madhes Khabar
राजनीति हेडलाइन

विद्युत् महशुलमा सरकारले लगाएको भ्याट खारेजीको माग गर्दै बारामा हस्ताक्षर संकलन

बारा,२ भदौं : विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमरामा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरू गरिएको पार्टीले जनाएको छ ।

उज्यालो नेपालले विद्युत् महशुलमा कर खारेजीका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुली गर्न माग गरेको छ । बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै पार्टीले जनताको आवाजलाई एकताबद्ध गरी सरकारलाई जवाफदेही बनाउन अभियान अघि बढाएको स्पष्ट पारेको छ ।

विद्युत् केवल राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन,रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार भएकाले यसमा लगाइएका अनावश्यक करहरू हटाइनुपर्ने पार्टीको तर्क छ ।

विद्युत्लाई सस्तो,सहज र प्रतिस्पर्धी बनाउन मूल्य अभिवृद्धि कर पूर्ण रूपमा खारेज हुनुपर्ने माग अघि सारिएको छ । सरकारले विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने नीति लिनुको साटो उल्टै नागरिकमाथि कर थोपर्ने काम गरेको भन्दै उज्यालो नेपालले तीव्र विरोध जनाएको छ । उज्यालो नेपालले विद्युतको भ्याट खारेज,डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता असुली,स्वदेशी बिजुली खपतलाई प्रोत्साहन,इन्डक्सन चुलो वितरण तथा प्रयोगलाई प्रोत्साहन,ग्याँसको आपूर्ति सहज गर्न माग राखेको छ ।

हस्ताक्षर संकलन अभियानका क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा,केन्द्रीय सदस्य रोशन अधिकारी,मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग),जिल्ला सदस्य नविन लामा, सरिता लामालगायत उपस्थित थिए ।साभारः अन्नपूर्णपोष्ट

Related posts

बारा : बंगरी नदि प्रदुषित गर्ने रिलायन्स चिनी मिललाई कारबाही गर्न युवाहरुको माग

MadhesKhabar

विपी उद्यानको जग्गा अन्य प्रायोजनमा प्रयोग नगर्न अदालतको आदेश

MadhesKhabar

वीरगन्जको मेनरोडमा डोजर चलेपछि भूमीहिन भएकाहरुलाई राहत दिन लगत संकलन सुरु

MadhesKhabar

Leave a Comment