Madhes Khabar
समाज हेडलाइन

वीरगन्ज–११ मुर्लीका अपांगता भएका व्याक्तिलाई ह्वील चेयर सहयोग

वीरगन्ज,६ चैत : परोपकारी संस्था उपकार सेवा नेपालले वीरगन्जका अपांगता भएका एक व्याक्तिलाई ह्वील चेयर सहयोग गरेको छ ।

क्वीन ज्वेलर्सको समन्वयमा उक्त संस्थाले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मुर्ली चोकका शारिरिक रुपमा अपांगता भई हिडडुलसमेत गर्न नसक्ने ५५ वर्षीय एक पुरुषलाई ह्वील चेयर प्रदान गरेको हो ।संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले ती पुरुषको घरमै पुगेर ह्वील चेयर प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

आर्थिक रुपले विपन्न रहेका ती पुरुष अपांगताका कारण सामान्य हिडडुल पनि गर्न नसक्ने र हात खुट्टाले कामपनि गर्न छाडेका कारण उनको जनजीवन कष्टकर भएको थाहा पाएपछि क्वीन ज्वेलर्सको समन्वयमा उपकार सेवा नेपालले सहयोग गरेको थारुले बताए ।

ह्वील चेयर प्रदान गर्ने क्रममा समाजसेवीहरु अमर सर्राफ, प्रज्वलमान डंगोल , दिपु बर्णवाल , वडाध्यक्ष अजय चौरसिया लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगंजको मानव सेवा आश्रमलाई मन्त्रि रिजालद्वारा गाडी हस्तान्तरण

MadhesKhabar

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment