Madhes Khabar
मधेस प्रदेश

प्रदर्शन चर्किएपछि सर्लाहीको बरहथवामा फेरि लगाइयाे कर्फ्यु

फाइल तस्बिर ।

सर्लाही,२२पुष:अस्पताल र तथा क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा आइतबार दिउँसोदेखि फेरि कर्फ्यु लगाएको छ । आइतबार प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।

आइतबार दिउँसो १२ बजेर ४५ मिनेटदेखि सोमबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ‘क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ आदेशमा उल्लेख छ ।

प्रदर्शनका क्रममा बरहथवा-६ का जय शंकर साहको गोली लागेर ज्यान गएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ ।साभार:कान्तिपुर

Related posts

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुदा ५ को मृत्यु, ९ घाइते

MadhesKhabar

सर्लाहीमा बाढीले बगाएर दुई जनाको मृत्यु

MadhesKhabar

मधेस : सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

MadhesKhabar

Leave a Comment