
सर्लाही,१६पुस:सर्लाहीकाे नयाँरोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बरहथवा नगरपालिका–९ शान्ति चोकमा साेमबार राति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हाे।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको हाे।मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

