Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासकाे मत

जनकपुर,२२असार:मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेकाे प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री सिंहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा मुख्यमन्त्री सिंहले ६७ प्रदेश सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।तर मुख्यमन्त्री सिंहले भने त्यो भन्दा बढी अर्थात ६७ प्रदेश सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको छ ।शनिबारकाे बैठकमा १०१ जना प्रदेश सांसद उपस्थित थिए ।

मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, नेपाल संघिय समाजवादी पार्टीका प्रदेश सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।

मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमत पार्टीका १३ , लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका १-१ प्रदेश सांसद छन् ।

लोसपाको ९ प्रदेश सांसद भए पनि एक जना पणरदेश सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

Related posts

त्रिशुलीमा बस दुर्घटना: फेला नपरेपछि सृष्टि यादवको पनि कुशको शव बनाएर गरियो दाहसंस्कार

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले असार २१ मा विश्वासकाे मत लिने

MadhesKhabar

नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

MadhesKhabar

Leave a Comment