Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा कांग्रेसकाे सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण,देउवाले गरे उद्घाटन

वीरगन्ज,९असाेज:वीरगन्जमा नवनिर्मित नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय समिति कार्यालयकाे कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा निर्माण गरिएको `आत्माराम ओेझा-दुखा सहनी स्मृति भवन´ तथा उक्त भवनमा सञ्चालित पार्टी कार्यालयकाे बुधबार सभापति देउवाले समुद्घाटन गरेका हुन्।

१ कराेड २९ लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेकाे छ।वीरगन्ज महानगरपालिका,विभिन्न दाता र कांग्रेसका नेताहरुकाे सहयाेगमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।उनका अनुसार, भवनकाे शिलान्यास २०७७ सालमा गरिएको थियाे ।छिट्टै पार्टी कार्यालय भवन छेउकाे जग्गामा माटाे पुरेर घेराबारका लागि पर्खाल लगाउने याेजना रहेकाे भन्दै कुर्मीले त्यसका लागि २९ लाख रुपैयाँ बजेटकाे व्यवस्थापन भइसकेकाे जानकारी गराए।

प्रदेशसभा सदस्य श्याम पटेलले कांग्रेस पर्साकाे पार्टी कार्यालय भवन देशका ७७ जिल्लामै सब भन्दा सुविधासम्पन्न भवन रहेकाे बताए ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर,केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चाैरसिया,केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल,केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना,अनिल रुंगटा,उमेशजंग रायमाझी,नगिना यादव,पूर्वमन्त्री सुरेन्द्र चाैधरी,मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,प्रदेश सभा सदस्यहरु श्याम पटेल,शंकर चाैधरी,नेता शाेभाखर पराजुली,कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव,महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ,कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशाेक गुप्ता,जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चाैधरी लगायतकाेपनि सहभागीता थियाे ।

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँ ठाउँमा भेला

MadhesKhabar

सरकारले सुचीबाट हटाएपछि नेशनल मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

MadhesKhabar

बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै

MadhesKhabar

Leave a Comment