Madhes Khabar
पर्यटन हेडलाइन

अंग्रेजी नयाँ वर्ष मनाउन ठोरी आएका पर्यटकहरुलाई ढाका टोपी लगाएर गरियो स्वागत

काठमाडौं,१७पुसः अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटन गन्तव्य पर्साको ठोरी आएका पहिलो १ सय पर्यटकहरुलाई ठोरी गाउँपालिकाले ढाकाटोपी र खादा लगाएर स्वागत गरेको छ ।

ठोरी घुम्न आएका ती आन्तरिक तथा वाह्य पर्यटकलाई ठोरीको ठुटे खोला पुलमै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाकाटोपी, खादा र टीका लगाएर स्वागत गरेका हुन् ।

पर्यटक स्वागत कार्यक्रममा गाँउपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मी,वडाध्यक्षह अमृतकृष्ण सापकोटा, शम्भु खड्का, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पालिकाका कर्मचारी, सुरक्षाकर्मीको उपस्थिति थियो ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज (बिहीबार) ठोरीमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लागेको थियो । बिहानैदेखि नेपाली तथा भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी आएका थिए ।

ठोरीको पर्यटकीय क्षेत्र राईधारा, गणेशमान पार्क, ठुटेखोला, सीतागुफा परिसर, सुन्दरबस्ती, रेडहिल पार्क, मनमोहन पार्क, सिंगेडाँडा, गडुवालाइन पार्क, बाघमोर्चा पार्क, चिसोपानी, रानीवन लगायतमा बाक्लो संख्यामा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लागेको थियो ।

मधेु प्रदेश सरकारले ठोरीलाई मधेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेसँगै आन्तरिक पर्यटकको रमणीय गन्तव्य बन्न पुगेको छ भने ठोरीको मनमोहक दृश्यले लोभिएका भारतीय पर्यटकका लागि ठोरी आकर्षक गन्तव्य बनेको छ।

भारत पश्चिम चम्पारण, पूर्वी चम्पारण, बेतिया, मुजफ्फरपुर, मोतीहारी, पटना र कटियागञ्ज लगायतबाट नयाँ वर्ष मनाउन वाह्य पर्यटक ठोरी आएको होटल व्यवसायी दिनेश नेपालले बताए ।नेपालका बारा, पर्सा, रौतहट र सर्लाहीदेखि आन्तरिक पर्यटक ठोरीमा वनभोज मनाउन तथा घुम्न आएको उनले बताए ।

ठोरीमा घुम्न धेरै स्थान रहेकाले आफूहरू प्रायः खुसीयाली मनाउन ठोरी आउने गरेको बेतियाबाट आएका दिपु गुप्ताले बताए ।साभारःअनलाइनखबर

Related posts

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

MadhesKhabar

माेटरसाइकल दुर्घटनामा पर्साका २ जनाकाे मृत्यु

MadhesKhabar

सर्वाेच्चकाे अल्पकालीन आदेशले नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण कार्य सुरु नहुदै राेकियाे

MadhesKhabar

Leave a Comment