Madhes Khabar
समाचार हेडलाइन

मधेस : स्याउ गोदाममा लुकाएर राखिएको १ सय बोरा गाँजा बरामद

राजविराज,१९फागुनः सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक स्याउ गोदाममा ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको छ ।

गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गरे ।

प्रजिअ दाहालले गोदाम सञ्चालकलाई बोलाएपछि उनी आएनन् । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो । जहाँ एक सयभन्दा बढी बोरामा रहेको २४ क्वीन्टल १९ केजी गाँजा बरामद भएको हो । गोदामबाट १४२ कार्टुन स्याउ र हार्डवेयरका सामानपनि बरामद भएको प्रजिअ दाहालले बताए ।

गोदाम भित्र सिट नभएको बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो र डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको छ ।गोदाम घरको स्वामित्वबारे स्पष्ट जानकारी नभए पनि प्रहरीले सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।

Related posts

वीरगन्जको मनेरोड विस्तारमा बाधा गर्ने र मेयरविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनेलाई कारबाहीको माग

MadhesKhabar

इस्लाम धर्मावलम्बीको मुख्यपर्व रमजान सुरु

MadhesKhabar

जबराविरुद्धको महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

MadhesKhabar

Leave a Comment