Madhes Khabar
स्थानिय हेडलाइन

मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कारबाट पौडेल पुरस्कृत

वीरगन्ज,१२भदौं :नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल “मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार“ बाट पुरस्कृत भएकी छन् ।

मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा रेडियो वीरगन्जमासमेत कार्यरत पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पौडेललाई नगद ११ हजार १ सय १ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे ।झण्डै डेढ दशकदेखि रेडियो वीरगन्जमा कार्यरत पौडेल, नेपाल चलचित्र पत्रकार पर्साकी अध्यक्षपनि हुन् ।

मध्य नेपाल प्रालिकी सञ्चालक तथा मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काकाके अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष ययशवन्त यादव , पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो,विन्दवासिनी गाँउपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाा, नेपाल रेडक्रस सोसाइटी पर्साकी मधु राणा, डाक्टर सुष्मा तिवारी, कांग्रेस नेता अजय द्धिवेदी, लगायतकोपनि सहभागीता थियो ।

Related posts

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

MadhesKhabar

जेनजी पुस्तालाई साथ दिने भन्दै वीरगन्ज–२० का वडाध्यक्ष परागले छाडे एमाले

MadhesKhabar

मन्त्री हटाउने होडबाजीले चुनावका बेला अस्थिरता आउन सक्छ

MadhesKhabar

Leave a Comment