Madhes Khabar
स्थानिय हेडलाइन

मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कारबाट पौडेल पुरस्कृत

वीरगन्ज,१२भदौं :नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल “मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार“ बाट पुरस्कृत भएकी छन् ।

मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा रेडियो वीरगन्जमासमेत कार्यरत पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पौडेललाई नगद ११ हजार १ सय १ रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे ।झण्डै डेढ दशकदेखि रेडियो वीरगन्जमा कार्यरत पौडेल, नेपाल चलचित्र पत्रकार पर्साकी अध्यक्षपनि हुन् ।

मध्य नेपाल प्रालिकी सञ्चालक तथा मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काकाके अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष ययशवन्त यादव , पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो,विन्दवासिनी गाँउपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाा, नेपाल रेडक्रस सोसाइटी पर्साकी मधु राणा, डाक्टर सुष्मा तिवारी, कांग्रेस नेता अजय द्धिवेदी, लगायतकोपनि सहभागीता थियो ।

Related posts

पर्सामा ट्राफिक नियम उल्लंघन गरेकाबाट ३ करोड बढी राजश्व संकलन

MadhesKhabar

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

MadhesKhabar

पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ १ हजार जनाको रोजगारी गुम्यो

MadhesKhabar

Leave a Comment