Madhes Khabar
स्थानिय

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृतकाे मृत्युु

बारा,२५माघ:बाराको कलैया उपमहानगरपालिका १६ मा बुधबार बेलुकी टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नंबर ५ घुसुकपुर निवासी पुर्व अनुसन्धान अधिकृत ६० वर्षिय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पिलुवाबाट कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार थापालाई विपरित दिशाबाट जाँदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका थापालाई स्थानीयको सहयोगमा अस्पताल पुर्याईएको थियो । उपचारको क्रममा बुधबार राती नै घाईते थापाको कलैया स्थित राजलक्ष्मी अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेकाे र त्यसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्सा : उपचार खर्च तिर्न नसक्दा अहिरको शव ३ दिनदेखि मेडिसिटी बयोधा अस्पतालको फ्रीजमा

MadhesKhabar

वीरगन्जको लर्डस दियालाेकाे स्वीमिङ्गपुलमा डुबेर एक बालकको मृत्यु

MadhesKhabar

वीरगन्जमा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्री यादवसंग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment