Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योगमन्त्रीलाई वीरगन्जका मेयर सिंहको आग्रह

मधेसखबर
वीरगन्ज,७ बैशाख : वीरगन्ज महानगरपालिकाले तीनदशक देखि प्रदुषणको चपेटामा रहेको सिर्सिया नदिको प्रदुषण नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेको छ ।

गृहजिल्लामा आएका मन्त्री रिजालको स्वागत र सम्मानमा महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा मेयर राजेशमान सिंहले वीरगन्जकै लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए ।

रोजगारी बृद्धिका लागि उद्योग ग्राम बनाउन गृहकार्य भइरहेको भन्दै मेयर सिंहले त्यसकालागि पनि आवश्यक बजेटको व्यवस्था मिलाइदिन पनि आग्रह गरे ।
वीरगन्ज औद्योगिक तथा आर्थिक नगरी रहेपनि बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन मेष्र सिंहले आग्रह गरे ।

उद्योगमन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ,’ उनले भने, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाउने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्नुपर्ने सहयोग गर्न म तयार छु ।’

उनले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता थियो ।

Related posts

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

MadhesKhabar

काेराेना समयमा वीरगन्जमा कराेडाैंकाे लागतमा बनाइएको हाेल्डिङ सेन्टर प्रयाेगविहिन

MadhesKhabar

Leave a Comment